Date

मङ्ल, साउन २०, २०८२
Tue, August 5, 2025

राष्ट्र बैंक आज फेरि ५० अर्ब तान्दै, तरलता नियन्त्रणमा कडाइ

राष्ट्र बैंक आज फेरि ५० अर्ब तान्दै, तरलता नियन्त्रणमा कडाइ

काठमाडाैं, १९ साउन । बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आइतबार पुनः बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिनको लागि ‘निक्षेप संकलन बोलकबोल उपकरण’ मार्फत यो रकम संकलन गर्न लागेको हो।

यस प्रक्रियामा ‘क, ‘ख’ र ‘ग’ वर्गका राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। बोलकबोल ब्याजदरको आधारमा हुने छ, जहाँ न्यूनतम ब्याजदरलाई प्राथमिकतामा राखी रकम वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोल साउन १८ गते मध्यान्ह ३ बजेसम्म अनलाइन माध्यमबाट मात्र गर्न सकिनेछ। न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर दिने संस्थालाई प्राथमिकता दिइने र आवश्यकताअनुसार क्रमशः बाँडफाँड गरिने जनाइएको छ। तानिएको रकमको सावा तथा ब्याज भदौ २९ गते भुक्तानी गरिनेछ।

यसअघि पनि राष्ट्र बैंकले साउन ४ गते ५० अर्ब, साउन ७ गते ८० अर्ब, साउन ११ गते ५० अर्ब, र साउन १४ गते २५ अर्ब रुपैयाँ बजारबाट तानेको थियो। यसले बजारमा रहेको अतिरिक्त तरलता घटाउने र मौद्रिक सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *