Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

आईएमई लाइफ र ग्राण्डि हस्पिटलबीच सहुलियत सम्झौता

आईएमई लाइफ र ग्राण्डि हस्पिटलबीच सहुलियत सम्झौता

काठमाडाैं, १२ भदाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटलबीच बीमित, अभिकर्ता तथा कर्मचारीका लागि विशेष सहुलियत दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार अब आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीले ग्राण्डि हस्पिटलमा उपचार गर्दा १० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, वेलनेस प्याकेजमा समेत विशेष सहुलियत उपलब्ध हुनेछ।

सुविधा प्राप्त गर्नका लागि बीमितहरूले कम्पनीको मोबाइल एप IME LIFE Mobile App मा रहेको प्रिभिलेज कार्ड देखाएर छुट लिन सक्नेछन्। अभिकर्ता र कर्मचारीहरूले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

सम्पर्क र थप जानकारीका लागि कम्पनीको अधिकारिक वेबसाइट: https://imelifeinsurance.com/press-release मा उपलब्ध छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *