Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

नेपालमा स्मार्ट फोहोर व्यवस्थापन एप सुरु

नेपालमा स्मार्ट फोहोर व्यवस्थापन एप सुरु

काठमाडाैं, १२ भदाैं । नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ, जसले स्मार्ट प्रविधिको माध्यमबाट नेपालमा फोहोर व्यवस्थापनमा नयाँ क्रान्ति ल्याउने उद्देश्य राखेको छ।

नेपाल टेक मार्केटका प्रमुख प्राविधिक मङ्गल प्रधानका अनुसार, प्रणाली प्रयोगकर्ता-मैत्री, बलियो र सुरक्षित बनाइएको छ। यसले फोहोर संकलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। कम्पनीका प्रमुख व्यवसायिक अधिकृत सुष्मिता पौडेलले प्रणालीले प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएको र निरन्तर सुधारको लागि प्रतिबद्ध रहेको बताइन्।

सम्भावित प्रयोगकर्ताहरू

फोहोर व्यवस्थापन सफ्टवेयरको प्रयोगकर्तामा फोहोर व्यवस्थापन गर्ने संस्थाहरू, घरायसी बासीहरू, हस्पिटल, होटल, स्कूल, सरकारी संस्था लगायतका व्यवसायहरू पर्छन्। यस प्रणालीमार्फत फोहोर उत्पादन गर्ने संस्था र घरबीच अन्तरसम्पर्क गर्न सकिनेछ भने शुल्क भुक्तानी अनलाइन गर्न सकिनेछ। नगरपालिकाका यूजरहरूलाई छुट्टै ड्यासबोर्ड उपलब्ध गराइनेछ, जसबाट आफ्नो नगर/वडामा फोहोर व्यवस्थापनका गतिविधि निगरानी गर्न सकिनेछ।

कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग

नेपाल टेक मार्केट डटकमका सीईओ चिरञ्जीवी अधिकारीका अनुसार, प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागअनुसार विकसित गरिएको छ। यसमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरिएको छ, जसले फोहोर व्यवस्थापनलाई अझ सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

कम्पनीका अन्य सेवाहरू

नेपाल टेक मार्केटले फोहोर व्यवस्थापन प्रणालीबाहेक वेब र मोबाइल अनुप्रयोग विकास, हार्डवेयर उपकरण, डोमेन दर्ता, वेब होस्टिङ, आईटी तालिम, अनुकूलित सफ्टवेयर विकास, वित्तीय तथ्यांक व्यवस्थापन र भुक्तानी गेटवे एकीकरण जस्ता सेवाहरू पनि प्रदान गर्दै आएको छ।

पूरा जानकारीका लागि: नेपाल टेक मार्केट फोहोर व्यवस्थापन एप

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *