Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

दशैंअघि सुकिला नोट सटही : राष्ट्र बैंकले भदौ २९ देखि व्यवस्था खुला गर्ने

दशैंअघि सुकिला नोट सटही : राष्ट्र बैंकले भदौ २९ देखि व्यवस्था खुला गर्ने

काठमाडाैं, १५ भदाै । आउँदो दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट सटहीको व्यवस्था सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आगामी भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारण तथा संस्थाहरूका लागि नोट सटहीको अवसर खुला गरिनेछ।

नोट साट्ने सुविधा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी र थापाथलीस्थित केन्द्रीय कार्यालयबाट उपलब्ध हुनेछ। साथै, देशभरका बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूबाट पनि यो सेवा लिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ।

साट्ने काम बैंकिङ कारोबारको नियमित समयमा हुनेछ। दशैंजस्ता ठूला चाडपर्वमा नयाँ र सुकिला नोटको माग अत्यधिक हुने भएकाले हरेक वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले नोट साटही सहज बनाउन यो व्यवस्था गरेको हो।

राष्ट्र बैंकले विगत वर्षहरूमा जस्तै यसपटक पनि नागरिकलाई सजिलो, सुरक्षित र व्यवस्थित ढंगले सुकिला नोट उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरेको जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *