Date

बुध, भदौ १८, २०८२
Wed, September 3, 2025

राष्ट्र बैंकले ५५ अर्ब निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले ५५ अर्ब निक्षेप संकलन गर्दै

काठमाडाैं, १५ भदाै । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न आइतबार ५५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार, सो रकम भदौ १५ गते मध्यान्ह ३ बजे बोलकबोलमार्फत २१ दिनका लागि निक्षेप संकलन गरिनेछ। संकलित रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी असोज ५ गते हुनेछ।

यसका लागि सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा आउने नि:शेष भाग बराबरको रकमसम्म बोल गर्न सक्ने व्यवस्था गरिएको छ। ब्याजदर समेत बोलकबोलको आधारमै तोकिनेछ, जसमा बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यो निक्षेप संकलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले यसअघि पनि तरलता व्यवस्थापनका लागि यस्ता संकलन प्रक्रिया अवलम्बन गर्दै आएको छ। यसपटकको ५५ अर्ब रुपैयाँ संकलनलाई पनि अत्यधिक तरलता नियन्त्रण गर्ने नीतिगत कदमको रूपमा लिइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *