Date

बिहि, भदौ १९, २०८२
Thu, September 4, 2025

बैंक कर्मचारी तलबमा ठूलो उछाल, ५ बैंकमा भने कटौती

बैंक कर्मचारी तलबमा ठूलो उछाल, ५ बैंकमा भने कटौती

काठमाडाैं, १६ भदाै । नेपालका अधिकांश बैंकहरुले गत वर्ष आफ्ना कर्मचारीको तलब सुविधा वृद्धि गरेका छन्। पाँच बैंक बाहेक अन्य सबैले तलब बढाउँदा औसतमा २१ प्रतिशतसम्म वृद्धि भएको देखिएको छ।

वाणिज्य बैंकहरुले अघिल्लो वर्ष कर्मचारी तलबमा ५७ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ खर्च गरेका थिए। तर, गत वर्ष आइपुग्दा यो रकम २ अर्ब ५५ करोड बढेर ६० अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा कर्मचारी तलब सुविधामा सबैभन्दा बढी खर्च बढाउने बैंक हिमालयन बैंक बनेको छ। बैंकले २१.१४ प्रतिशतले तलब सुविधा बढाएर खर्च २ अर्ब ८१ करोडबाट ३ अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ। त्यसपछि माछापुच्छ्रे बैंक १३.७७ प्रतिशत वृद्धि गरेर २ अर्ब १६ करोड रुपैयाँ र प्राइम कमर्सियल बैंक १३.०९ प्रतिशत वृद्धि गरेर १ अर्ब ६८ करोड रुपैयाँ पुगेका छन्।

त्यस्तै, एनएमबि बैंकले १२.४८ प्रतिशत, नबिल बैंकले १०.०६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ९.०५ प्रतिशत, कृषि विकास बैंकले ८.४१ प्रतिशत, सिद्धार्थ बैंकले ८.३० प्रतिशत र लक्ष्मी सनराइज बैंकले ७.४३ प्रतिशतले कर्मचारी तलब बढाएका छन्।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५.३५ प्रतिशत, नेपाल बैंक ४.४५ प्रतिशत, सानिमा बैंक ४.४३ प्रतिशत, ग्लोबल आइएमई २.३६ प्रतिशत, नेपाल एसबिआई १.६४ प्रतिशत र सिटिजन्स ०.६८ प्रतिशतले तलब बढाएका छन्।

तर, एनआइसी एशिया बैंकसहित पाँच बैंकमा भने उल्टै कटौती भएको छ। एनआइसी एशियाले १५.९१ प्रतिशत घटाएर ३ अर्ब ६६ करोड रुपैयाँ खर्च गरेको छ। प्रभू बैंकले ४.०३ प्रतिशत घटाएर ३ अर्ब ९२ करोड, स्ट्याण्डर्ड चार्टर्डले २.५९ प्रतिशत घटाएर १ अर्ब ४ करोड, कुमारी बैंकले ०.७९ प्रतिशत घटाएर ३ अर्ब ७१ करोड र एभरेष्ट बैंकले ०.०६ प्रतिशत घटाएर १ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *