सुनचाँदी फेरि महँगियो, नयाँ रेकर्ड कायम
काठमाडाैं, १७ भदाै । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर दुई लाख ५ हजार ९०० रुपैयाँ पुगेको छ ।
सोमबार छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । लगातार वृद्धि हुँदै गएको मूल्यले सुन खरिद गर्ने उपभोक्ता प्रभावित भइरहेका छन् भने व्यवसायीहरूले भने यो अन्तर्राष्ट्रिय बजारको प्रभाव रहेको बताएका छन् ।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।



