मानुषी लघुवित्तमा स्वतन्त्र संचालक शिलवालको राजिनामा स्वीकृत

काठमाडाैं, २३ भदाै । मानुषी लघुवित्त वित्तीय संस्थामा स्वतन्त्र संचालक कमल प्रसाद शिलवालले पदबाट राजिनामा दिएका छन्।
भदौ २२ गते आइतबार बसेको संचालक समितिको बैठकले शिलवालको राजिनामा स्वीकृत गरेको हो। शिलवालले आफ्नो घरायसी कारण देखाउँदै राजिनामा दिएका थिए।
यो निर्णयपछि संस्थाको सञ्चालक समितिमा रिक्त स्थान उत्पन्न भएको छ। संस्थाले आवश्यक प्रक्रिया पूरा गरी नयाँ स्वतन्त्र संचालक नियुक्त गर्ने तयारी गर्ने अपेक्षा गरिएको छ।