Date

बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

कर्फ्यूको प्रभाव : उपत्यकामा बैंक सेवा सीमित

कर्फ्यूको प्रभाव : उपत्यकामा बैंक सेवा सीमित

काठमाडाैं, २४ भदाै । जेन–जी आन्दोलनको बढ्दो प्रभावका कारण काठमाडौं उपत्यकाका कर्फ्यू लागू भएका क्षेत्रमा बैंकहरू बन्द रहने भएका छन्।

नेपाल राष्ट्र बैंकले कर्फ्यू लागेका क्षेत्रहरूमा बैंक कार्यालय खोल्न नहुने र अन्य क्षेत्रमा पनि आंशिक रूपमा मात्र सेवा दिन निर्देशन जारी गरेको छ।

बैंकहरूले ग्राहकहरूलाई अनलाइन कारोबार मार्फत सेवा लिन सुझाव दिएका छन्। राष्ट्र बैंकका अनुसार केवल अत्यावश्यक सेवाहरू मात्र उपलब्ध गराइएको छ।

कर्फ्यूका कारण बैंकिङ सेवामा असुविधा बढेको छ भने ग्राहकहरूलाई वित्तीय कारोबारका लागि वैकल्पिक माध्यम प्रयोग गर्न आग्रह गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *