Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

३ दशमलव ९८ अंकले मंगलबार नेप्से परिसूचक बढ्यो

३ दशमलव ९८ अंकले मंगलबार नेप्से परिसूचक बढ्यो

काठमाडौं, १९ भदौ । मंगलबर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ९८ अंकले बढेर १ हजार २ सय १० दशमलव २४ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ९९ अंकले बढेर २ सय ५५ दशमलव ८६ अंकमा पुगेर बन्द भएको छ ।

मंमलबार कुल १ सय ७२ कम्पनीको १७ लाख ५५ हजार ५ सय ८७ कित्ता शेयर खरिदबिक्री हुँदा ५२ करोड १९ लाख २२ हजार ५७२ रुपैयाँको कारोबार भएको छ ।

उक्त दिन सबैभन्दा बढी कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयर भएको छ । जसको आज जम्मा १० करोड १७ लाख १५ हजार २६० रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै मंगलबार सर्वाधिक कमाउनेमा काबेली विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव २६ प्रतिशत बढेको छ । साथै सर्वाधिक गुमाउनेमा अरुण काबेली पावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव ९८ प्रतिशतले घटेको छ ।

मंगलबार जलविद्युत समूह, उत्पादक तथा प्रशोधन समूह, लाइफ इन्स्योरेन्स र लघुवित्त समूह घटेका छन् भने बाँकी सबै समूहहरु बढेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x