Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

दशैं यात्रुका लागि अग्रिम टिकट तयारी सुरु

दशैं यात्रुका लागि अग्रिम टिकट तयारी सुरु

काठमाडाैं, २९ भदाै । दशैं नजिकिँदै गर्दा यात्रुहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङको तयारी थालेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायतका सरोकारवालासँग बैठक गर्दै अग्रिम टिकट खोल्ने विषयमा छलफल गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार यात्रु सहजताका लागि अनलाइन प्रणालीमार्फत अग्रिम टिकट बुकिङ र उपत्यकाका विभिन्न स्थानमा बुथमार्फत टिकट बिक्री गर्ने निर्णय गरिएको छ। उनले भीड व्यवस्थापन र सेवा सरल बनाउन अग्रिम टिकट प्रणाली अत्यन्त महत्वपूर्ण हुने बताए।

यातायात व्यवसायीहरूले टिकट बिक्रीसँगै सुरक्षाको पाटोलाई प्राथमिकता दिँदै आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएका छन्। ट्राफिक प्रहरीले पनि यस्तो व्यवस्थापनले दशैं अवधिमा हुने सडक दुर्घटना र जाम कम गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ।

सरकारको यो पहलले चाडपर्वमा घर फर्किने यात्रुहरूलाई समयमै टिकट प्राप्त गर्न र सुरक्षित यात्रामा सहयोग पुग्ने विश्वास गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *