Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

असोजमा मुद्दति निक्षेपको ब्याजदर ०.११ प्रतिशतविन्दु घट्यो

असोजमा मुद्दति निक्षेपको ब्याजदर ०.११ प्रतिशतविन्दु घट्यो

काठमाडाैं, ३१ भदाै । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। भदौको तुलनामा व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ०.११ प्रतिशतविन्दु घटेको देखिएको छ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ५.५७७ प्रतिशतविन्दु रहेकोमा असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ। यस्तै, संस्थागत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ३.९६३ प्रतिशतविन्दुबाट घटेर ३.८७४५ प्रतिशतमा पुगेको छ।

२० वाणिज्य बैंकमध्ये ९ बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले भदौकै दरलाई निरन्तरता दिएका छन्। बाँकी २ बैंकले ब्याजदर बढाएका छन्।

व्यक्तिगत मुद्दति निक्षेपमा प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले ०.५ प्रतिशतविन्दु घटाएका छन्। त्यस्तै सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दु तथा कुमारी बैंकले ०.२ प्रतिशतविन्दु कमी गरेका छन्।

उता, लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतविन्दु र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दुले ब्याजदर बढाएका छन्।

प्रभु बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक र हिमालयन बैंकले भने व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको ब्याजदर यथावत् राखेका छन्।

बैंकहरूको यो समायोजनसँगै असोज महिनामा निक्षेपकर्ताहरूलाई भदौको तुलनामा केही कम ब्याजदर प्राप्त हुने देखिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *