Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

असोज १ गतेदेखि सेयर कारोबार पुनः सुरु

असोज १ गतेदेखि सेयर कारोबार पुनः सुरु

काठमाडाैं, ३१ भदाै । देशभर जेनजी आन्दोलनका कारण बन्द रहेको सेयर बजार असोज १ गते बुधबारदेखि पुनः सञ्चालन हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि यसअघि तय भएको असोज २ गतेको मिति संशोधन गर्दै बुधबारदेखि नै बजार खोल्ने निर्णय गरेको हो।

बोर्डका एक अधिकारीका अनुसार सबै सरोकारवाला पक्षसँग छलफल र परामर्श गरेपछि बुधबारदेखि कारोबार सुरु गर्ने निष्कर्षमा पुगेको हो। यसअघि नेप्सेले असोज २ गतेसम्म कारोबार बन्द रहने जानकारी सार्वजनिक गरेको थियो। तर, धितोपत्र बोर्डको निर्णयपछि उक्त सूचना खारेज गरिएको छ।

नेप्सेले बोर्डको लिखित निर्देशन प्राप्त भएपछि औपचारिक रूपमा सूचना जारी गर्ने तयारी गरेको छ।

जेनजी प्रदर्शनका नाममा भदौ २३ र २४ गते काठमाडौंसहित देशका विभिन्न शहरमा भएको तोडफोडपछि सेयर बजार भदौ २४ गतेदेखि बन्द रहँदै आएको थियो। यस निर्णयसँगै लगानीकर्ताहरू बुधबारदेखि पुनः कारोबारमा सहभागी हुन पाउनेछन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *