नीलकण्ठ नगारपालिकाले गरिदियो सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा

काठमाण्डौ, २० भदौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगारपालिका धादिङ्ग बिच नीलकण्ठ नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ ।

उक्त सम्झौता अनुसार नीलकण्ठ नगरापालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् । साथै नगरापालीकाले आफ्ना नगरबासीहरुको पशुधन, कृषि तथा नगराबासीहरको दुघटना बीमा गराई नेपालमा एक नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।

सो सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नीलकण्ठ नगरापालीकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका छन् ।

नगरपालीका प्रमुख तथा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुखले नगबासी कृषकहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट ढुक्क भएर सेवा लिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *