Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

नेरूडे मिर्मिरे लघुवित्तको अध्यक्षमा राजकुमार राई नियुक्त

नेरूडे मिर्मिरे लघुवित्तको अध्यक्षमा राजकुमार राई नियुक्त

काठमाडाैं, ८ असाेज । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजकुमार राई नियुक्त भएका छन्। बनेपा नगरपालिका–८ मा केन्द्रीय कार्यालय रहेको संस्थाले राईलाई सर्वसम्मत निर्णयमार्फत अध्यक्ष बनाएको हो।

राईले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

संस्थाले मर्जरपछि स्थायित्व, ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार र सुदृढ वित्तीय सेवा प्रवर्द्धनमा राईको अनुभवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। अध्यक्षको जिम्मेवारी सम्हालेपछि राईको नेतृत्वमा संस्था अझ प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *