Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

झापा इनर्जीको आईपीओमा ४७ हजार बढीलाई शेयर, ६ जनाले पाए ११ कित्ता

झापा इनर्जीको आईपीओमा ४७ हजार बढीलाई शेयर, ६ जनाले पाए ११ कित्ता

काठमाडाैं, ८ असाेज । झापा इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बिहानै सार्वजनिक ड्र मार्फत बाँडफाँट सम्पन्न भएको हो।

कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ७३ हजार ३३६ कित्ता शेयर बिक्रीका लागि ल्याएको थियो। सो आईपीओमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

जसमा १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द गरिएको छ। बाँडफाँट परिणाम अनुसार ४७ हजार ३३३ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी ६ कित्ता शेयर सोही समूहका लगानीकर्तामध्ये ६ जनामा प्रत्येकी १ कित्ता थप बाँडफाँट हुँदा ती आवेदकहरूले ११ कित्तासम्म शेयर प्राप्त गरेका छन्।

उच्च आवेदनका कारण अधिकांश आवेदकले भाग्य परीक्षणमार्फत सीमित कित्ता शेयर पाएका छन्। झापा इनर्जीको आईपीओले आम लगानीकर्तामाझ ठूलो आकर्षण पाएको देखिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *