Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

सुनचाँदी दुवैको मूल्य नयाँ उच्चतर्फ

सुनचाँदी दुवैको मूल्य नयाँ उच्चतर्फ

काठमाडाैं, १० असाेज । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य फेरि उक्लिएको छ। आइतबारदेखि निरन्तर बढ्दो अवस्थामा रहेको सुनको मूल्य बिहीबार एक दिन घटेपछि आज पुनः तीव्र बढोत्तरी देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको छ, जुन हिजोको तुलनामा प्रतितोला १,२०० रुपैयाँले बढी हो। हिजोको दर २ लाख २१ हजार ३०० रुपैयाँ तोकिएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लाग्दै ऐतिहासिक उच्चतामा पुगेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। हिजो चाँदीको मूल्य २ हजार ६८५ रुपैयाँमा थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *