Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

रास्वपाको कार्यालय ‘बेघर’ हुने संकेत, घरधनीले छिट्टै खाली गर्न आग्रह

रास्वपाको कार्यालय ‘बेघर’ हुने संकेत, घरधनीले छिट्टै खाली गर्न आग्रह

काठमाडाैं, १० असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको बालाजु, बनस्थलीको भवन छिट्टै खाली हुने संकेत देखिएको छ। लामो समयदेखि घर भाडा नबुझाएको र पार्टीका आन्तरिक विवाद तथा अप्रत्याशित घटनाले जोखिम बढेपछि भवनका घरधनी भरतमणि देवकोटाले यस्तो कदम चाल्ने निर्णय गरेका छन्।

भवनमा भित्तामा नीलो रंग पोतेर ‘घण्टी घर’ भनेर ब्राण्डिङ गरिएको थियो। मासिक ३ लाख ५० हजार रुपैयाँ दरले १० महिनादेखि भाडा नबुझाइएपछि हालसम्म भाडाको रकम ३५ लाख रुपैयाँ पुगेको छ। यसबाहेक पार्टीलाई देवकोटाले सापटी दिएको ठूलो रकम फिर्ता पाउन सकेका छैनन्।

रास्वपा सभापती रवि लामिछाने प्रहरी अनुसन्धानमा परेपछि पार्टी आन्तरिक विवाद र लेनदेनको अपारदर्शितामा फसेको छ। यसैबीच, घरधनीले अबको भविष्यमा पार्टीले घर व्यवस्थित रूपमा भाडा तिर्ने सम्भावना कम देखेपछि छिट्टै भवन खाली गर्न आग्रह गरेका छन्।

देवकोटाले पार्टीलाई सापटी दिएको पैसा र घरको बदलामा ‘अनुशासन आयोगको प्रमुख’ पद पाएका थिए, तर अमेरिका भएको कारण कार्यवाहक प्रमुख नियुक्त गरिएको छ। उनले विज्ञ सल्लाहकारको रूपमा पनि सिंहदरबारमा काम गरिसकेका छन्। तर रवि लामिछाने हिरासतमा गएपछि आर्थिक हिसाबकिताबमा गडबडी सुरु भएको हो।

पार्टीले भाडा नतिरेको र राजनीतिक परिस्थितिबाट उत्पन्न जोखिमले रास्वपा आफैं ‘बेघर’ हुने अवस्थामा पुगेको देखिन्छ। घरधनीले अब पार्टीबाट पैसा फिर्ता लिन र भवनको सुरक्षाका लागि ‘बोल्ड निर्णय’ लिएका हुन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *