Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

एसवाई प्यानलको आईपीओमा आज अन्तिम दिन : स्थानीयकाे उत्साह उच्च

एसवाई प्यानलको आईपीओमा आज अन्तिम दिन : स्थानीयकाे उत्साह उच्च

काठमाडाैं, २१ असाेज । एसवाई प्यानल नेपाल लिमिटेडको साधारण शेयर (आईपीओ) मा आवेदन दिन आज असोज २१ गते अन्तिम मौका रहेको छ। कम्पनीले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले आफ्नो कुल जारी पूँजी रु १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० मध्ये ४० प्रतिशत बराबरको ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ।

यस मध्ये २ प्रतिशत (२ लाख ६१ हजार ६२९ कित्ता) शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो। यी शेयरहरू प्रतिकित्ता रु १०० को दरमा जारी गरिएको छन्।

आईपीओमा आवेदन दिनका लागि चितवन जिल्लाको रत्ननगर नगरपालिकाका सबै वडाका स्थानीय बासिन्दा पात्र रहेका छन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन्।

उद्योग प्रभावित क्षेत्रका बासिन्दामाझ यस आईपीओप्रति उल्लेखनीय रुचि देखिएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस निष्काशन प्रक्रियाको बिक्री व्यवस्थापन एनआईसी एशिया क्यापिटल लिमिटेड ले गरिरहेको छ।

आवेदन दिने समय आज कार्यालय समयसम्म मात्र खुला रहने भएकाले इच्छुक लगानीकर्ताहरूलाई ढिलो नगरी आवेदन दिन बीमा तथा पूँजी बजार विश्लेषकहरूले सुझाव दिएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *