बैंकहरूले घरकर्जा योजना सस्तो ब्याजदरमा सार्वजनिक गरे

काठमाडाैं, २२ असाेज । घर बनाउन चाहने ग्राहकहरूका लागि नेपालका वाणिज्य बैंकहरूले सस्तो ब्याजदरमा घरकर्जा योजना सार्वजनिक गरेका छन्। लगातार घट्दो ब्याजदरको परिवेशमा बैंकहरूले औसत ७ प्रतिशत स्थिर ब्याजदरमा ऋण उपलब्ध गराउने आकर्षक योजना ल्याएका हुन्।
विभिन्न बैंकहरूले तोकेको दर यस प्रकार छ: नबिल बैंकले ७ र १० वर्षको अवधिको लागि क्रमशः ६.९९% र ७.४४%, ग्लोबल आइएमई बैंकले ७.९९%, एम्बेसि बैंकले ८.५०% ब्याजदरमा घरकर्जा उपलब्ध गराइरहेको छ। माछापुच्छ्रे बैंकले ५ वर्ष, ७–१० वर्ष, र १० वर्षभन्दा बढी अवधिका लागि क्रमशः ७.५०%, ७.५०%, र ८.५०% ब्याजदर तोकेको छ।
लक्ष्मी सनराइज बैंकले १५ वर्ष अवधिको लागि ८.४४–११.९९%, कुमारी बैंकले १० वर्षका लागि ७.५९%, एमआईबीएल एशियाले १० वर्षका लागि ८.५०%, नेपाल बैंकले ५ र १० वर्षका लागि क्रमशः ७.१०% र ८.११%, एनएमबि बैंकले १० वर्षका लागि ८.९९% ब्याजदरमा ऋण उपलब्ध गराइरहेको छ।
प्राइम बैंकले ७.९९%, प्रभु बैंकले ५ वर्ष र ५ वर्षभन्दा बढी अवधिका लागि ८.५०%, राष्ट्रिय वाणिज्य बैंकले ५, १०, र १५ वर्षका लागि क्रमशः ७.५५%, ८.०५%, र ८.५५%, नेपाल एसबिआई बैंकले ५–२० वर्षका लागि ६.९९%, ७.४९%, र ८.४९%, सिद्धार्थ बैंकले १० वर्ष र १० वर्षभन्दा बढीमा ८.९९%, स्टान्डर्ड चार्टर्ड बैंकले ५, १०, र १० वर्षभन्दा बढीमा क्रमशः ७.९९%, ८.५५%, र ८.९९% तोकेको छ।
सिटिजन्स बैंकले १० वर्षका लागि ८.५०%, कृषि विकास बैंकले ५, ७, १०, १५ र २० वर्षभन्दा बढीका लागि क्रमशः १०.१५%, १०.२५%, १०.५५%, १०.७५%, र ११.०५%, हिमालयन बैंकले ७ वर्षका लागि ७.५९% ब्याजदरमा ऋण उपलब्ध गराइरहेको छ।
यसरी बैंकहरूले प्रतिस्पर्धात्मक दरमा घरकर्जा उपलब्ध गराउन अग्रसर हुँदा, घर निर्माण वा खरिद गर्न चाहने ग्राहकका लागि सहज कर्जाको पहुँच विस्तार भएको छ। धेरैजसो बैंकहरूले स्थिर ब्याजदर दिने भएकाले भविष्यमा ब्याज दर बढ्दा पनि ग्राहक सुरक्षित रहने सुविधा पाउनेछन्।