३० नागरिक समाजका नेताद्वारा राजनीतिक नेतृत्वलाई सार्वजनिक माफी र राजीनामा माग

काठमाडाैं, २२ असाेज । नेपाली नागरिक समाजका ३० प्रमुख नेताहरूले मुख्य राजनीतिक दलका शीर्ष नेताहरूलाई जनता सामु माफी माग्न र स्वेच्छाले राजनीति छोड्न आग्रह गरेका छन्।
बुधबार जारी संयुक्त अपिलमा हस्ताक्षरकर्ताहरूले आगामी निर्वाचन समयमै सम्पन्न गर्न पार्टी नेतृत्वहरू जिम्मेवार बन्ने वातावरण बनाउनुपर्ने बल दिएका छन्।
“यो कुनै विशेष पार्टीको भविष्य वा सान्दर्भिकताको मात्र कुरा होइन,” अपिलमा भनिएको छ। “यो लोकतन्त्र र पार्टी प्रणालीको अस्तित्वसँग सम्बन्धित विषय हो। जनता सामु जवाफदेही बनाउने उपायको रूपमा राजीनामा र स्वेच्छा अनुसारको राजनीति छोड्ने निर्णय अपरिहार्य भएको छ।”
नागरिक समाजका नेताहरूले दशकीय राजनीतिक अचलता, भ्रष्टाचार र पदको दुरुपयोगले जनविश्वास खस्काएको र नेपालका राजनीतिक प्रतिष्ठानमा नैतिक सुधारको आवश्यकता रहेको औँल्याएका छन्।
अपिलको पाठ अर्चना थापा, चरण प्रसाई, मीना पौडेल, इन्द्र अधिकारी, चन्द्रकिशोर, रजनी ढकाल, उद्धव प्याकुरेल, झलक सुबेदी, राजाराम गौतम, उत्तम बाबु श्रेष्ठ, दिनेश त्रिपाठी, लोकराज बराल, कोस्मोस विश्वकर्मा, दीपेश घिमिरे, विद्याधर मल्लिक, कृष्ण खनाल, डोभान राई, बिनोद सिजापती, केदार भक्त माथेमा, तरानाथ दाहाल, सङ्गीता लामा, केशव दाहाल, तुला नारायण शाह, सञ्जिव उप्रेती, खगेन्द्र संगरौला, भोजराज पोखरेल, श्रवण मुकर्जुङ, गेन्जा शर्मा वाग्ले, मुमा राम खनाल, र युग पाठकले जारी गरेका छन्।
अपिलले नेपालमा राजनीतिक नेतृत्वमा जिम्मेवारी, पारदर्शिता र लोकतान्त्रिक मूल्य सुनिश्चित गर्न आवश्यक कदम चाल्न जोड दिएको छ।