मार्जिन कर्जा सीमा हटायो राष्ट्र बैंक, लगानीका नियम खुकुला
काठमाडाैं, २३ असाेज । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाइएको एकल ग्राहक सीमा हटाउँदै पूँजी बजार अनुकूल निर्णय गरेको छ। बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै राष्ट्र बैंकले यसअघि कायम गरिएको २५ करोड रुपैयाँको अधिकतम सीमा हटाएको हो।





