Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

एनआईसी एशियाका ग्राहकलाई आँखा उपचारमा १०% छुट

एनआईसी एशियाका ग्राहकलाई आँखा उपचारमा १०% छुट

काठमाडाैं, २३ असाेज । एनआईसी एशिया बैंक र किरण आँखा अस्पतालबीच ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने समझदारी सम्पन्न भएको छ। अब बैंकका ग्राहकहरूले वीरगंजस्थित किरण आँखा अस्पतालमा आँखा उपचार गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाअनुसार ग्राहकहरूले ओपिडी, डाइगनष्टिक, सर्जरी, ब्राण्डेड अप्टिकल र नन-ब्राण्डेड अप्टिकल सेवाहरूमा छुट पाउनेछन्। छुट प्राप्त गर्न ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।

बैंकका अधिकारीहरूले बताएका छन् कि, यस सहकार्यले ग्राहकहरूको आँखा उपचारमा सहयोग पुर्‍याउने मात्र नभई डिजिटल भुक्तानी प्रवद्र्धन गर्दै नगदरहित कारोबारमा पनि योगदान पुग्ने विश्वास गरिएको छ।

एनआईसी एशिया बैंकले ग्राहकको सुविधा र स्वास्थ्य प्रतिको प्रतिबद्धता देखाउँदै यस्तो सुविधा ल्याएको हो, जसले बैंक र स्वास्थ्य सेवा दुवै क्षेत्रको पहुँच विस्तारमा मद्दत गर्ने बताइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *