Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

शाओमी महा फेस्टिवल: रेड्मी नोट १४ सिरिजमा भारी मूल्य छुट

शाओमी महा फेस्टिवल: रेड्मी नोट १४ सिरिजमा भारी मूल्य छुट

काठमाडाैं, २३ असाेज । शाओमी नेपालले “शाओमी महा फेस्टिवल” अवसरमा आफ्नो लोकप्रिय रेड्मी नोट १४ सिरिजको मूल्यमा विशेष छुट दिएको घोषणा गरेको छ। यस अभियानले नेपालभरका ग्राहकहरूलाई मनपर्ने स्मार्टफोनमा सजिलै अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार, “रेड्मी नोट १४ सिरिजले नेपाली ग्राहकहरूको मनमा सधैं विशेष स्थान बनाएको छ। मूल्यमा गरिएको नयाँ छुटले सबैलाई फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शन सहज मूल्यमा अनुभव गर्न सक्ने अवसर दिनेछ।”

कम्पनीले नयाँ मूल्य संरचना यसरी तय गरेको छ:

  • रेड्मी नोट १४ ६ जीबी + १२८ जीबी: रु २३,९९९ (अघिको रु २४,९९९)
  • रेड्मी नोट १४ ८ जीबी + २५६ जीबी: रु २६,९९९ (अघिको रु २७,९९९)
  • रेड्मी नोट १४ ९६० ८ जीबी + २५६ जीबी: रु २९,९९९ (अघिको रु ३०,९९९)
  • रेड्मी नोट १४ ९६० १२ जीबी + ५१२ जीबी: रु ३४,९९९ (अघिको रु ३५,९९९)

रेड्मी नोट १४ सिरिजले आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनमार्फत प्रयोगकर्ताका हरेक अपेक्षा पूरा गर्दै आएको छ।

संशोधित मूल्यहरू २०८२ साल असोज ७ गते (सेप्टेम्बर २३, २०२५) देखि लागू भइसकेको र नेपालभरका सबै शाओमी अधिकृत बिक्रेता, खुद्रा बिक्रेता तथा प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

यस मूल्य कटौतीको माध्यमबाट शाओमीले ग्राहकलाई फ्ल्यागशिप अनुभव सजिलो मूल्यमा दिन सक्ने लक्ष्य राखेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *