Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सुन प्रतितोला २ लाख ३८ हजार, चाँदीमा पनि उछाल

सुन प्रतितोला २ लाख ३८ हजार, चाँदीमा पनि उछाल

काठमाडाैं, २६ असाेज । नेपाली बजारमा आइतबार पुनः सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको छ, जुन शुक्रबारको तुलनामा ३ हजार रुपैयाँले बढी हो।

गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो। लगातार बढ्दै आइरहेको सुनको मूल्य गत शुक्रबार केही घटेपनि आज पुनः नयाँ उच्च बिन्दुमा पुगेको छ।

यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार १ सय २५ रुपैयाँमा पुगेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *