नेपाल बैंकको सञ्चालकमा जीवन कटुवालको प्रवेश

काठमाडाैं, २६ असाेज । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा जीवन कुमार कटुवाल नियुक्त भएका छन्। उनी कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा चयन भएका हुन्।
कटुवालले असोज २४ गते बैंक सञ्चालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। यसअघि सो पदमा ध्रुव भट्टराईले कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै जिम्मेवारी वहन गर्दै आएका थिए।
नवनियुक्त सञ्चालक कटुवालले अब नेपाल बैंकको नीति तथा सञ्चालन सम्बन्धी निर्णय प्रक्रियामा कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्नेछन्। बैंकले उनको अनुभव र दक्षताले संस्थाको सुशासन र रणनीतिक निर्णयमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।