सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

काठमाडौं । भेपमार्फत सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् ।
महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।
उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।
महरालाई केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा उनलाई केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।
२०७९ पुस १० गते गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी LI HANSONG ले २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेप त्रिभुवन विमानस्थल हुँदै भित्र्याएको विषयमा अनुसन्धान हुँदै जाँदा महरा तानिएका हुन् ।