Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सेयर बजार ११ सयको बिन्दुमा झर्यो

सेयर बजार ११ सयको बिन्दुमा झर्यो

काठमाडौं, १९ फागुन । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसुचक ११ सय को विन्दुमा झरेको छ। निरन्तर घटिरहेको सेयर बजार आज ४.९५ अंकले घटेर १,१००.५८ विन्दुमा बन्द भएको छ।

बजार घटेसँगै कारोबारमा पनि कमि आएको छ। सो दिन कुल १ सय ७४ कम्पनीको ८,७३,४९५ कित्ता सेयर खरिद बिक्री हुदाँ २३ करोड ५३ लाख २० हजार रुपैयाँ भन्दा बढीकोे मात्र कारोबार भएको छ ।

कारोबारको कै आधारमा आज नेप्सेमा सबै भन्दा बढी नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले अग्रता दिएको छ । कम्पनीको २ करोड ६० लाख ४ हजार ६५९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । सर्वाधिक कमाउनेमा भने आज भगर्व विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ५.८४ प्रतिशतले बढेको छ । साथै सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । बैकको सेयर मुल्य ८.६९५६५ प्रतिशतले घटेको छ ।

नेप्सेमा सुचिकृत १० वटा कम्पनीहरु मध्ये २ वटा समुह बाहेक सबै समुहको परिसुचक घटेको छ । होटल ४.२३ अंक निर्जीवन बीमा ५३.०८ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x