तोकिएको समयावधि भन्दा सातवर्ष पछि कुलेखानी तेस्रो निर्माण सम्पन्न
काठमाडौं,२७ फागुन । आयोजना सम्पन्न गर्नका लागि तोकिएको समयावधि भन्दा झन्डै सातवर्ष ढिला गरी कुलेखानी तेस्रो निर्माण सम्पन्न भएको हो । नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण गरिएको कुलेखानी तेस्रोले केही दिनमै परीक्षण उत्पादन शुरु गर्न लागेको ह्यो । निर्माण सम्पन्न भएसँगैमकवानपुरको भीमफेदी गाउँपालिकाको सानुटारमा निर्माण गरिएको कुलेखानी तेस्रोको १४ मेगावाट विद्युत् उत्पादन केन्द्रिय प्रसारणमा थपिने भएको छ ।
आयोजनाले सन् २०११ मै उत्पादन थाल्नुपर्ने भए पनि विभिन्न कारणले गर्दा ढिलाइ भएको आयोजनाले बताएको छ । निर्माण अवधि लम्बिँदा झन्डै ५ रुपैयाँभन्दा बढी खर्च हुने अनुमान आयोजनाले गरेको छ । यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा निर्माण भएको बाग्मती साना जलविद्युत् आयोजनाले पनि उत्पादन थाल्ने जनाएको छ । निर्माणको काम सकेर तयारी अवस्थामा रहेको आयोजनाले ३ चैत २०७५ बाट परीक्षण उत्पादन थाल्ने तयारी गरिएको छ । यो आयोजना सहित गरी चैत देखि केन्द्रिय प्रसारणमा ३६ मेगावट विजुली थप हुने छ ।