सिद्धार्थ बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सम्झौता
काठमाडौं, १० चैत । सिद्धार्थ बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंक लिमिटेडका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता भए अनुसार अब सिद्धार्थ बैंकले देश भर रहेका आफ्ना १ सय ४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्ने छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले ग्राहकहरुका लागि साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गरिएको जानकारी दिएको छ ।