लुम्बिनी जनरल इन्स्योरेन्सले १२.८२ प्रतिशतले बोनस सेयर जारी गर्ने
काठमाडौं, १४ पुस । लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनी लिमिटेडले १२.८२ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको राजधानीमा सम्पन्न १३ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफा मध्येबाट चूक्ता पूँजी ७८ करोड रुपैयाँको १२.८२ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव स्विकृत गरेको हो ।
बोनस सेयर वितरण पश्चात कम्पनीको चूक्ता पूँजी ८८ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा कम्पनीले ३० करोड ७७ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ ।
हाल काठमाडौंको ज्ञानेश्वरमा रहेको केन्द्रिय कार्यालय सहित ३० वटा शाखा तथा उपशाखा कार्यालयहरु मार्फत बीमा सेवा उपलब्ध गराउदै आएको छ । आगामी दिनमा थप ६ वटा शाखा विस्तारको लक्ष्य लिइएको छ । मुलुकको सम्बृद्धिका लागि बीमा अनिवार्य सर्त भएको निष्कर्ष सहित कम्पनीले थप नयाँ नयाँ बीमा योजना सहित बीमाको पहूच विस्तारमा लाग्ने जनाएको छ ।
हाल बीमा कम्पनीहरुमा बीमा दाबि भूक्तानी निकै समस्याको रुपमा रहदै आएको भएपनि यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले भने २०७२ सालको भूकम्पको सम्पूर्ण दाबी भूक्तानी गरिसकेको जनाइएको छ।