Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

काठमाडौं-ओसाका उडानमा यात्रु अभाव भएपछि उडान घटाइयो

काठमाडौं-ओसाका उडानमा यात्रु अभाव भएपछि उडान घटाइयो

काठमाडौं,१४ भदौं ।  भ्रमण बर्ष २०२० लाई लक्षित गरि केही दिनअघिमात्र नेपालबाट जापानको ओसाका उडान थालेको नेपाल वायुसेवा निगमले यात्रु अभाव भोगेपछि यस अघिको उडान तालिका परिवर्तन गरेको छ । सातामा ३ पटक उडान भर्ने गरी यस अघी तालिका तय गरिएपनि अपेक्षितभन्दा निकै कम यात्रुको संख्या हुँदा घाटाको स्थिति आएको भन्दै निगमले सातामा २ वटा मात्रै उडान भर्ने निर्णय गरेको हो ।

काठमाडौं–ओसाकाका लागि ७२ हजार रुपैयाँ हवाइ शुल्क तोकिएको छ । यात्रु अभावका बीच  जापानमा उडान जारी रहेमा महिनाको १२ वटा उडानमा मासिक १८ करोड रुपैयाँ घाटा हुने देखिएको छ । जापानको ओसाकाका लागि पछिल्लो उडानमा यात्रुको संख्या १८ जना मात्रै थियो भने फर्कनेको संख्या ६४ जना छन् ।  तीमध्ये ३० यात्रु भने गत साताकै उडानमा निःशुल्क रुपमा उडेर निगमकै खर्चमा ओसाकामा बस्दै आएकाहरु हुन् । विमान २ सय ७४ सिट क्षमताको हो । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x