Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बजारमा तिहारको रौनक बढ्दै

बजारमा तिहारको रौनक बढ्दै

काठमाडौं, ६ कात्तिक । बजारमा तिहारको चहलपहल सुरु भएको छ। शहरका मुख्य व्यापारीक केन्द्र सहित चोकचोकमा रहेका पसलहरुमा तिहारका लागि आवश्यक सामान बिक्रीका लागि राखिएको छ । पछिल्लो केही दिन यता सामान खरिदका लागि आउने ग्राहकहरुको संख्या पनि बढ्दै गएको व्यापारीहरु बताउछन् ।

तिहार हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाड हो । तिहारमा विशेषगरि फूल, भाइमसला, रङ र झिलिमिलि बत्तीको कारोबार अत्याधिक हुने गर्दछ ।

व्यापारीहरुका अनुसार यस वर्ष तिहारका लागि लक्षित गरेर ६० करोड रुपैयाँ बराबरको झिलिमिली बत्तीसहितका विद्युतीय सामग्री आयात भएको छ । तिहारमा भाइमसला पनि ८० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान छ । त्यस्तै नेपाल फ्लोरी कल्चर एसोसिएसनका अनुसार (सयपत्री र मखमली सहित) २२ लाख भन्दा बढी माला खपत हुने छ । भारतबाट आयात नभए पनि मालाको अभाव नहुने व्यवसायीहरु बताउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x