राष्ट्र बैंकले तीन अर्व १३ करोडको ट्रेजरी बिल जारी गर्दै
काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले तीन अर्व १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ । ९१ दिने ट्रेजरी बिलको आज दिउँसो दुई बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
यो ट्रेजरी २०७६ साल फागुन २० गते परिपक्व हुनेछ ।
सबै बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारण नागरिकले समेत यो ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्ने छन् ।