Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

क्षमता भन्दा कम उड्छन् निगमका जहाज

क्षमता भन्दा कम उड्छन् निगमका जहाज

काठमाडौं, २१ मंसिर । नेपाल वायुसेवा निगमका जहाज क्षमता भन्दा कम उड्ने गरेको पाईएको छ । पर्यटन मन्त्रालयको चालु आर्थिक बर्षको चौमासिक प्रगति विवरण अनुसार निगमको वाइडबडी ए ३३० जहाजले क्षमता भन्दा कम उड्ने गरेको देखिएको छ । जहाज अहिले दैनिक औसत ११ घण्टा मात्रै उड्न गरेका छन् । अन्तराष्टिय मापदण्ड अनुसार जहाज दैनिक १४ घण्टासम्म उड्नु पर्छ ।

निगमको न्यारोबडी ए ३२० जहाजको उडान भने वाइडबडीको तुलनामा सन्तोषजनक उडेको देखिएको छ । न्यारोबडीको औसत दैनिक उडान १२ घण्टा रहेको छ । मन्त्रालयको प्रतिवेदनअनुसार वाइडबडी जहाजको हालको प्राविधिक जनशक्ति स्थायी र करार गरी २६ जना पाइलट छन् । निगमले हाल सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । छिट्टै जापानकै नारिता, चीनको ग्वाङ्जाओ, साउदी अरब, दक्षिण कोरियालगायत गन्तव्यमा समेत उडान प्ररम्भ गर्ने योजना बनाएको छ ।

निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक, कतार र जापानको ओसाका उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए३३० र दुई न्यारोबडी ए३२० जहाज छन् । निगमको वार्षिक प्रतिवेदनअनुसार सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीमा नेपाल एयरलाइन्स पहिलो स्थानमा पुग्न सफल भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x