Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

निगमले गरयो ८ अर्ब ७५ करोड नाफा, २० प्रतिशत लाभांश वितरण गरिदै

निगमले गरयो ८ अर्ब ७५ करोड नाफा, २० प्रतिशत लाभांश वितरण गरिदै

काठमाडौ, ११ पुस । नेपाल आयल निगमले शेयरधनीलाई २० प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ। निगमको पुस २९ गतेको साधारण सभाले लाभांश पारित गरेपछि वितरणको लागि बाटो खुल्नेछ ।

गत वर्ष नेपाल सरकारले निगमलाई दिएको ऋणलाई पुँजीकरण गरेको थियो। ऋणलाई पुँजीकरण गरे सँगै २९ करोड २३ लाख रूपैंयाँको शेयर पुँजी बढेर ११ अर्ब रूपैंयाँ पुर्‍याइएको थियो। निगमले गत आर्थिक वर्षमा ८ अर्ब ७५ करोड रूपैंयाँ खुद नाफा गरेको थियो। यही नाफाबाट नेपाल सरकारले दुई अर्ब २० करोड रूपैंयाँ लाभांश लैजाने भएको हो।

गत वर्ष दुई खर्ब ४६ अर्ब रूपैंयाँको कारोबार भएको थियो। निगमलाई जम्मा कारोबारको ३.५५ प्रतिशत नाफा बस्छ। निगमले ८ पेट्रोलियम पदार्थको कारोबार र ग्यासको खरिद बिक्री गर्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x