Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

भारतीय कम्पनीले लाइसेन्स लिएर पाम तेल आयात गर्न पाउने

भारतीय कम्पनीले लाइसेन्स लिएर पाम तेल आयात गर्न पाउने

काठमाडौं, २६ माघ । प्रशोधित पाम तेल आयातमा प्रतिबन्ध लगाएको भारतले झण्डै एक महिनापछि त्यसलाई आंशिक खुला गरेको छ । भारतले इजाजत लिएर प्रशोधित पाम तेल आयात गर्न बाटो खोलिदिएको हो । नेपालबाट भारत निर्यात हुने सबैभन्दा प्रमुख वस्तु पाम आयलको आयात रोकेपछि नेपालको निकासी प्रभावित भएको थियो ।

भारतले भने पाम तेल आयात प्रतिबन्ध गर्ने नीति कुनै देश लक्षित नरहेको भन्दै सबैलाई समान व्यवहार गरिने उल्लेख गरेको थियो । पाम तेल आयात गर्न भारतमा लाइसेन्स लिनुपर्ने व्यवस्थाले भारत र मलेसियाबीचको कटुताकै कारण पाम तेलमा प्रतिबन्ध लगाएको बुझ्न सकिन्छ । खासगरी मलेसियाली प्रधानमन्त्री मोहम्मद महाथिरले नागरिकता विधेयकले भारतमा लोकतन्त्रको मजाक उठाइएको टिप्पणी गरेपछि दुई देशबीच कटुता बढेको छ । भारतमा नागरिकता विधेयकलाई लिएर भइरहेको आन्दोलनमा सरकारले दमन गरेपछि महाथिरले उक्त टिप्पणी गरेका थिए । भारतले यसलाई कुटनीतिक मर्यादाको खिलाफ भएको बताएको थियो । यही क्रममा भारतले जनवरी ८ मा पाम आयाल आयातमा प्रतिबन्ध लगाएको थियो ।

नेपाल पनि भारतमा पाम आयाल निर्यात गर्नेमा प्रमुख देशमध्येमा छ । इण्डोनेसियाबाट कच्चा पाम आयाल आयात गरेर सामान्य प्रशोधनपछि भारतीय बजारमा निकासी हुँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले १३ अर्ब ८९ करोडको पाम आयल भारतमा निकासी गरिसकेको छ ।

भारतले यसअघि भने सबै देशलाई समान उपचार लागू हुने भन्दै नेपाललाई मात्र सुविधा दिन नसकिने बताएको थियो । यद्यपि भारतीय वैदेशिक व्यापार महानिर्देशनालयको पछिल्लो नीतिले भने भारतले नेपाल र इण्डोनेसियाबाट पाम तेल आयात गर्न ढोका खोलेको बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x