Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एनआईसी एशियाको १ सय प्रतिशत नगद फिर्ता योजना

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एनआईसी एशियाको १ सय प्रतिशत नगद फिर्ता योजना

काठमाडौं, २५ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नारी लक्षित योजना ल्याएको छ । नारी दिवसका दिन (आज) बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १ सय जना महिला ग्राहकहरूलाई १ सय प्रतिशत नगद फिर्ता दिने योजना ल्याएको हो ।

बैंकका महिला ग्राहकहरुले मोवाईल एपबाट रिचार्ज गर्दा, बिजुलीको महसुल भुक्तानी गर्दा, हवाई टिकट खरिद गर्दा, क्युआर कोडको प्रयोग गरी भुक्तानी गर्दा १ सय प्रतिशत नगद फिर्ता दिइने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । तर, वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यो योजनामा समावेश गरिएको छैन ।

बैंकले ल्याएका विभिन्न योजनाहरु अहिले पनि ग्राहले उपयोग गर्दै आएका छन् । हाल बैंकले ३ सय १९ शाखा कार्यालय, ४ सय ५४ एटीएम, १ सय ७ वटा एक्स्टेन्सन काउण्टर र ५८ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x