ग्लोबल आइएमईको २ नयाँ शाखा रहित बैंकिङ सेवा संचालनमा
काठमाडौं, १० माघ । ग्लोबल बैंकले २ नयाँ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले गुल्मी जिल्लाको मुसिकोठ नगरपालिका ५, आँपचौर र बुवाछिडीमा दुई नयाँ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
यससंगै बैंकको शाखा रहित बैंकिङ सेवाको संख्या ६२ पुगेको छ । यस्तै बैंकले ११३ शाखाहरु, १२७ एटिएम, ४ एक्सटेन्स काउण्टर, १४ राजश्य संकलन केन्द्रमार्फत बैंकिङ सेवा दिंदै आएको छ ।