बनेपामा सिद्धार्थ इन्स्योरेन्सको ५४ औं शाखा
काठमाडौं, २५ माघ । सिद्धार्थ इन्स्योरेन्सले काभ्रेपलान्चोकको बनेपामा ५४ औं शाखाको सञ्चालनमा ल्याएको छ । सो शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार, क्षेत्री तथा नायव महाप्रबन्धकहरु मुरारी रेग्मी र योगेशकृष्ण श्रेष्ठले उद्घाटन गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले अहिलेसम्म ५३ वटा शाखा सञ्जालद्वारा स्तरीय बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा अझ प्रभावकारी सेवा प्रदान गर्ने बताए ।