Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अर्थमन्त्री डा. खतिवडा र नेपालका लागि ईयूका राजदूत कोडीबीच शिष्टाचार भेट

अर्थमन्त्री डा. खतिवडा र नेपालका लागि ईयूका राजदूत कोडीबीच शिष्टाचार भेट

काठमाडौं, ५ साउन । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत भेरोनिका कोडीबीच सोमवार अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी फर्कन लागेको राजदूत कोडीले अर्थमन्त्रीसँग बिदाइ भेट गरेकी हुन् ।
उक्त अवसरममा अर्थमन्त्री खतिवडाले ईयूले नेपालको आर्थिक विकासमा पु¥याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिँदै निरन्तर सहयोगका लागि अनुरोध गरेका थिए । बहुधु्रवीय विश्व निर्माणमा ईयूले महत्वपूर्ण वैकल्पिक राजनीतिक शक्तिको भूमिका निर्वाह गरेको, नेपाल ईयूसँगको सहकार्यलाई थप उचाइमा लैजान इच्छुक रहेको र सबल युरोपको पक्षमा रहेको धारणा समेत उनले व्यक्त गरे । युरोपियन युनियनले नेपालको व्यापार, रोजगारी, लगानी, पर्यटन र आर्थिक पुनरुत्थानमा योगदान बढाउन सक्ने विश्वास व्यक्त गर्दै उनले नेपालले पाउने बजेट सहायताले नेपालप्रतिको विकास साझेदारको विश्वासलाई प्रतिविम्बित गरेको उल्लेख गरे ।
आर्थिक÷वित्तीय÷श्रम लगायत हवाई यातायात, पर्यटन क्षेत्रमा नेपालले आफ्नो प्राथमिकता बढाएको र आर्थिक तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनी व्यवस्था गरी सुशासन, पारदर्शिता र सुधारप्रति प्रतिबद्धता सुदृढ गरेको अर्थमन्त्री खतिवडाले जानकारी गराए । यस्तै बजेट सहयोग, सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा गरिने कार्यलाई नतिजासँग आबद्ध गर्ने प्रयास गरिएको उनले बताए । अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति लगायत हवाई सुरक्षा सम्बन्धी कार्यमा नेपाल सरकारले उच्च प्राथमिकता दिएको र युरोपियन पर्यटकहरुको गन्तव्य नेपाललाई बनाउने प्रयास रहेको सन्दर्भमा युरोपियन युनियनले नेपालको युरोपका देशहरुमा हुने उडानलाई अनुमति दिन पनि उनले अनुरोध गरे ।
उक्त भेटमा राजदूत कोडीले नेपालमा आफूले ३ वर्षको सफल कार्यकाल समापन पछि केन्द्रीय कार्यालयमा फर्कन लागेको र यस अवधिमा नेपालले आफ्नो कार्य सम्पादनमा पु¥याएको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद व्यक्त गरिन् । नेपालले युरोपियन युनियनसंगको सहकार्यमा राम्रो कार्य गरिरहेको आफ्नो धारणा व्यक्त गर्दै युनियनले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र बजेट सहयोग लगायत कोभिड—१९ सम्बन्धी सहयोग समेत आगामी दिनमा निरन्तर रहने जानकारी उनले गराइन् । यस्तै युरोपियन युनियनको ७ वर्षे सहायता चक्र यसै वर्ष समापन भई अर्को चरणको ७ वर्षे चक्र थालनी हुने हुँदा त्यसमा समेत नेपाललाई प्राथमिकतामा राखी सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x