Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम झण्डै साढे १ अर्ब घट्यो

शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम झण्डै साढे १ अर्ब घट्यो

काठमाडौं, ३० भदौ । लगातार वृद्धि हुँदै आएको शेयर बजारमा मंगलबार (आज) सामान्य करेक्सन आएको छ । हिजो १५४०.५१ विन्दुमा पुगेको नेप्से परिसूचक आज घटेको हो । हिजो ३.२६ अंक वृद्धि भएको नेप्से परिसूचक आज ४.४७ अंक घटेर १५३६.०३ विन्दुमा झरेको छ ।

त्यस्तै गत कारोबार दिनहरुमा सर्वाधिक रुपैयाँको शेयर खरिद विक्री हुँदै आएको भएपनि आज कारोबार रकमा पनि कमी आएको छ । गत कारोबारको तुलनामा आज शेयर कारोबार रकममा एक अर्ब ४१ लाख रुपैयाँ कमी आएको छ । हिजो ३ अर्ब २१ अर्ब रुपैयाँको शेयर खरिद विक्री भएको भएपनि आज घटेर १ अर्ब ८० करोड रुपैयाँको शेयर खरिद विक्री भएको हो ।

१९१ कम्पनीको २७ हजार ३५७ पटकको कारोबारमा ५७ लाख २३ हजार ५६३ कित्ता शेयर खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि दिव्याश्वरी हाइड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । उक्त कम्पनीको अन्तिम शेयर मूल्य ६६ रुपैयाँ कायम भएको छ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९२ प्रतिशत वृद्धि भएको छ । यो कम्पनीको अन्तिम प्रतिशेयर मूल्य १ हजार १७५ रुपैयाँ कायम भएको छ ।

आज पनि सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको ११ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य ८८० रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ३ समूहबाहेक सबैको समूहको परिसूचक घटेको छ । होटल समूहको ०.५९ प्रतिशत, जीवन बीमा समूहको ०.१८ प्रतिशत र म्यूचुअल फण्ड समूहको ०.३८ प्रतिशत परिसूचक वृद्धि भएको हो । सर्वाधिक परिसूचक घट्नेमा उद्योग समूह रहेको छ । यो समूहको परिसूचक १.३७ प्रतिशत घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x