Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल क्लियरिङ हाउसको संस्थापक शेयर बिक्री खुला

नेपाल क्लियरिङ हाउसको संस्थापक शेयर बिक्री खुला

काठमाडौं, २० असोज । नेपाल क्लियरिङ हाउसको २ लाख ९८ हजार ८० कित्ता संस्थापक शेयर बिक्री खुला गरिएको छ। स्मार्ट च्वाइस लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कम्पनीको शेयर आजबाट प्रतिकित्ता न्यूनतम मूल्य ३ सय ५० रुपैयाँमा बिक्री खुला गरेको हो ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर त्यस भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने जनाइएको छ । यो शेयर खरिदका लागि क्लियरिङ हाउसका संस्थापकहरु, राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय संस्थाहरु व सरकारी स्वामित्व रहेको विशेष ऐनद्धारा स्थापित वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

असोज २४ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलबाट आवेदन दिनुपर्नेछ । यसमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x