सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले दिए राजीनामा
काठमाडौं, २२ पुस । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । मन्त्रालयमा आज अपरान्ह आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।
विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट पारे ।