Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

नेपाल सुनचाँदी व्यवसायी महासंघको महाअधिवेशन आगामी शुक्रवार र शनिवार

नेपाल सुनचाँदी व्यवसायी महासंघको महाअधिवेशन आगामी शुक्रवार र शनिवार

काठमाडौं, २२ पुस । नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशन यही पुस २४ र २५ गते शुक्रवार र शनिवार काठमाडौंमा हुने भएको छ । यसपटक महासंघको साधारणसभा तथा अधिवेशनमा देशभरका ६५ जिल्लारनगर संघ तथा वस्तुगत र एसोसिएट सदस्यहरुको तर्फबाट ऐतिहासिक रुपमा ६०० भन्दा बढी प्रतिनिधिर पर्यवेक्षकहरुले सहभागिता जनाउनेछन् ।
कोरोना संक्रमण विद्यमान रहेको हालको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुरुप कार्यक्रम संचालन गरिने महासंघले बताएको छ ।
साधारणसभाको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शुक्रवार काठमाडौंको होटल याक एण्ड यतिमा उद्घाटन सत्र हुनेछ भने शनिवार बन्द सत्र तथा निर्वाचनको कार्यक्रम रहेको छ । निर्वाचनबाट ५५ सदस्यीय नयाँ कार्य समिति बन्नेछ । महासंघले पनि संघीय संरचनालाई आत्मसात् गर्दै सातवटै प्रदेशमा प्रदेश महासंघ गठन गरे अनुरुप प्रदेश महासंघहरूको निर्वाचन अग्रिम रूपमा सम्पन्न भइसकेको छ ।
यसपटकको साधारणसभामा कोरोना महामारीका कारण र नेपाल सरकारबाट सुनको कोटालाई २० किलोबाट १० किलोमा झारी आधा कटौती गरेपछि अत्यधिक रुपमा प्रभावित बनेको सुनचाँदी व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन साझा एजेन्डाका लागि छलफल हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x