Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

मन्त्री रायमाझीले तनहुँ जलविद्युत आयोजनाको निरीक्षण गरे

मन्त्री रायमाझीले तनहुँ जलविद्युत आयोजनाको निरीक्षण गरे

काठमाडौं, २७ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको अवलोकन तथा निरीक्षण गरेका छन् ।

मन्त्री रायमाझीले सो आयोजनाको स्थलगत अवलोकन गरि हालसम्मको प्रगतिबारे जानकारी लिएका हुन । आयोजनाको प्याकेज दुईअन्तर्गत सिनो हाइड्रो कम्पनीले निर्माण गरिरहेको विद्युतगृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याक जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी छ ।

आयोजना प्रमुख अच्युत घिमिरेले प्याकेज दुईअन्तर्गत सिनोले क्याम्प, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याब, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युत्गृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न गरेको जानकारी दिए ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ पनि सहभागि थिए । आयोजनाले सुख्खायाममा १ सय ७८.९० मेगावाट र वर्षायाममा ३ सय २३.६८ मेगावाट विद्युत उत्पादन गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x