Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मंगलबार पनि घट्यो शेयर बजार

मंगलबार पनि घट्यो शेयर बजार

काठमाडौं, २५ फागुन । मंगलबार (आज) नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । आज नेप्से परिसूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा झरेको हो । केही दिन यता शेयर बजार लगातार घटिरहेको छ ।

आज घटेको बजारमा ४ अर्ब ७५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । गत कारोबार दिन आइतबार ५ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

२१० कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर खदिर विक्री भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये ३ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । आज होटल तथा पर्यटन समूहको २.९८ प्रतिशत, हाइड्रोपावर समूहको १.८ प्रतिशत र म्यूचुअल फण्ड समूहको ०.०७ प्रतिशतले परिसूचक वृद्धि भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर कारोबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको आज ६५ करोड ३५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।

आज ५ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि हुनेमा हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड, चन्दागिरि हिल्स लिमिटेड, नेपाल हाइड्रो डेभलोपर लिमिटेड, रइराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र युनाइडेड फाइनान्स लिमिटेड रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x