नेपाललाई कोभिड खोप प्रदान गर्न बेलायत सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं, ६ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । सिंहदबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालोको सन्दर्भमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीले राजदूत पोलिटसँग कोरोनाविरुद्धको एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै उनले अहिलेसम्ममको सहयोगका लागि राजदूतमार्फत बेलायत सरकारप्रति आभार समेत प्रकट गरेको थिए ।