Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयर बजारमा १५ अंकको करेक्सन, होटल र विकास बैंक बाहेक सबै समूह घटे

शेयर बजारमा १५ अंकको करेक्सन, होटल र विकास बैंक बाहेक सबै समूह घटे

काठमाडौं, १४ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा करेक्सन आएको छ । लगातार उकालो लागेको बजार आज १५.११ अंक घटेर ३०७९.९४ विन्दुमा रोकिएको छ । बुधबार १५ अंकले बढेर बजार बन्द भएको थियो ।

आज २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार कित्ता शेयर १० अर्ब ९० करोड ५८ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज कारोबारमा आएका १३ वटा समूहमध्ये २ वटा समूहको मात्र परिसूचक वृद्धि भएको छ । परिसूचक वृद्धि हुनेमा होटल तथा पर्यटन समूह १.१७ प्रतिशत र विकास बैंक समूह १.१ प्रतिशत रहेका छन् ।

सर्वाधिक शेयर मूल्य वृद्धि रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशतले वृद्धि भएर ७२९ रुपैयाँ कायम भएको छ । आजबाट नै कारोबारमा आएको जीवन विकास लघुवित्त वित्तीय लिमिटेको शेयर मूल्य ८.२२ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x