सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः विरेन्द्र वैदवार
काठमाडौं, ३ भदौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विरेन्द्र वैदवार क्षेत्री पुनः नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैंठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
उनी यस अघि पनि सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।